धोका दिएको भन्दै प्रदीपले गरे माधव नेपालको साथ छाडेको घोषणा

नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालबाट धोका पाएको भन्दै पार्टी छाडेको घोषणा गरेका छन् । उनले सोमबार फेसबुकमार्फत आफूले नेपालबाट धोका पाएको भन्दै साथ छाडेको घोषणा गरेका हुन् ।

नेता नेपालले आफू केपी ओलीसँग नजाने पनि उल्लेख गरेका छन् । ‘माधव कमरेड म केपीसँग जान्न किनभने तानाशाही प्रवृत्तिको सधैं विरोधी हुँ, तपाईँ पनि झेली कुरा गर्न सिक्नुभएछ’, नेपालले लेखेका छन्, बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ तर आखिरमा तपाईँबाट पनि मैले धोकाकै उपहार लिएर जानुपर्ने भो, विदा ।’

नेता नेपाल अस्वस्थ हुँदा पनि नेकपा एकीकृत समाजवादी पार्टीको सनाखत गर्न निर्वाचन आयोग पुगेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार