माछा मार्ने बम बनाउने क्रममा विस्फोट हुँदा गम्भीर घाइतेमध्ये एक जनाको मृत्यु

भरत सापकोटा, टिभी अन्नपूर्ण, बागलुङ । बागलुङ जिल्लाको बडीगाड गाउँपालिकामा माछा मार्ने बम बनाउने क्रममा विस्फोट हुँदा गम्भीर घाइते भएका दुई जनामध्ये एकको मृत्यु भएको छ । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ स्थायी घर भई बडिगाड २ सिमलचौर बस्दै आएका ३१ वर्षीय मित्र बहादुर रानाको उपचारको लागि पाल्पा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

अर्का गम्भीर घाइते बडिगाड गाउँपालिका २ का २८ वर्षीय अरुणकुमार पुनको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार