एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन

राष्ट्रिय सभामा वेदुराम भुसाल

नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।

नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत नेता चयन गरेको हो ।

यस्तै राष्ट्रियसभा संसदीय दल नेतामा स्थायी कमिटी सदस्य बेदुराम भुसाल चयन भएका छन् । अरु पदाधिकारीहरु भने पछि चयन हुने सांसद विरोध खतिवडाले जानकारी दिए ।

नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा ३० सांसद छन् । बुधबार निर्वाचन आयोगले एकीकृत समाजवादीको दलको मान्यता पाएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार