दिल्लीमा उपचाररत झलनाथ खनाल सोमबार स्वदेश फर्किँदै

पूर्वप्रधानमन्त्री एवं नवगठित नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल सोमबार स्वदेश फर्किने भएका छन् ।

भारतको नयाँदिल्लीमा उपचाररत खनाल सोमबार दिउँसो काठमाडौं आइपुग्ने उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

नेता खनालको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा गत साउन २० गते सर्जन डा. सन्दीप गुलरिया नेतृत्वको चिकित्सक टोलीले सफल मिर्गौला प्रत्यारोपण गरेको थियो । खनाल गत असार २ गते अस्पताल भर्ना भएका थिए । खनालको दुवै मिर्गौलामा समस्या थियो ।

सुरूमा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका खनाललाई थप उपचारका लागि दिल्ली लगिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार