म्यान्चेस्टर सिटीद्धारा आर्सनल पराजित

साविकको विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आर्सनलमाथि सानदार जित दर्ता गरेको छ । पहिलो हाफमा नै १० खेलाडीमा समेटिएको आर्सनललाई सिटीले घरेलु मैदानमा ५–० ले पराजित गरेको हो । गएराती लिभरपुलको मैदानमा भएको खेलको २२ औं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै चेल्सीलाई अग्रता दिए ।

पहिलो हाफको इन्जुरी समयमा चेल्सीका रिस जेम्सले डि बक्सभित्र ह्याण्ड गरेपछि उनी रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । यही अवसरमा पाएको पेनाल्टीलाई मोहोमद सालाहले गोलमा बदलेपछि खेल १–१ गोलको बराबरीमा टुंगिएको हो ।

प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीले आर्सनललाई ५–० ले पराजित ग¥यो । एकतर्फी खेलमा सिटीलाई विजयी गराउन फेरान टोरेसले दुई गोल गर्दा इके गुन्डोगान, रोड्री र ग्याब्रियल जिससले एक एक गोल गरे ।

प्रिमियर लिगकै अन्य खेलहरुमा एभर्टनले ब्राइटनलाई २–० ले हराउँदा लेष्टर सिटीले नरिच सिटीमाथि २–१ को जित निकाल्यो । यसैगरि न्युकासल युनाईटेड र साउथह्याम्प्टन तथा वेष्ट ह्याम युनाईटेड र क्रिष्टल प्यालेसले २–२ गोलको बराबरी खेले ।

प्रिमियर लिगमा आज तिन खेल हुनेछन् । आज राती म्यान्चेस्टर युनाईटेडले वुल्भरह्याम्पटनसँग खेल्दा टोटनह्याम हट्सपर र वाट्फोर्ड तथा बर्नले र लिड्स युनाईटेड भिड्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार