शनिबार १ हजार ८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

नेपालमा शनिबार थप १ हजार ८ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार ४ सय ९ पिसिआर परिक्षणका क्रममा १ हजार ५ सय १६ जना र ३ हजार ७ सय ६७ एन्टीजेन परिक्षणका क्रममा ३ सय ४१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४० हजार ८०५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण १० हजार ६ सय ९० जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप दुई हजार २ सय २२ संक्रमित निको हुँदा हालसम्म ७ लाख १० हजार ४५२ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ३६ हजार ८६६ सक्रिय संक्रमित आइशोलेशनमा र ३४६ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३८ लाख ८६ हजार ८७८ वटा पिसिआर र ४ लाख ५८ हजार ४६१ वटा एन्टीजेन परिषण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार