सरकारमा सहभागी हुने नेकपा एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादी शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । शुक्रबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

यस्तै मन्त्रालय टुंगो लागेपछि मात्रै गर्ने मन्त्री चयन भने निर्णय भएको छ । यसअघि नयाँ पार्टी दर्ता गरेपछि बिहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले आफूहरु सत्तारूढ गठबन्धनलाई बलियो बनाउन सरकारमा जाने बताएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत समाजवादीको निर्णय कुरेर बसेका छन् । २ भदौमा नेकपा एमालेबाट अलग भएर माधवकुमार नेपालले गठन गरेको एकीकृत समाजवादीले बुधबार वैधानिकता पाएपछि मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ ।

यस्तै बैठकले राष्ट्रिय परिषदबाट पदाधिकारी चयन नभएसम्मलाई अन्तरिम हाइ कमाण्ड गठन गरेको छ । साबिक एमालेको स्थायी कमिटीमा रहेका नेताहरुलाई समेटेर हाइ कमाण्ड बनाइएको हो ।हाइ कमाण्डमा अध्यक्ष माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रमोश हमाल छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार