पूर्वी नवलपरासीमा पहिरोमा परी तीन जना बेपत्ता, एक जना घाइते

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् । पहिरोमा परी एक जना गम्भीर घाइते भएका छन् ।

शुक्रबारको पहिरोले ५० वर्षीया धनमाया पुलामी, उनकी नातिनीहरू सात वर्षीया भूमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार ५० वर्षीय हस्तबहादुर पुलामीको घर पहिरोमा पुरिएको हो । पहिरोमा पुरिएका हस्तबहादुरलाई घाइते अवस्थामा उद्धार गरिएको छ । उनको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बेपत्ता भएका तीन जनाको खोजीका लागि जनपद र सशस्त्र प्रहरीका १६ जना प्रहरी खटाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार