कांग्रेसले खटायो ३८ जिल्लामा निर्वाचन अधिकृत

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाएको छ । भदौ १८ गते हुने वडा अधिवेशनसहित जिल्ला अधिवेशनसमेतको निर्वाचन गर्न समितिले ३८ जिल्लामा प्रतिनिधि खटाएको हो ।

निर्वाचन अधिकृतहरू आजदेखि आफूले जिम्मेवारी पाएको जिल्ला जाने निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले बताए ।

‘३८ जिल्लामा निर्वाचन अधिकृत तोकिइसकेको छ, उहाँहरू अब जिल्लामा जानुहुन्छ,’ उनले भने, ‘बाँकी जिल्लामा पनि हामी एकरदुई दिनमा निर्वाचन अधिकृत खटाउँछौं ।’

निर्वाचन समितिलाई उपलब्ध गराइएको ३८ जिल्लाको सूची कांग्रेसको वेबसाइटमा पनि सार्वजनिक गरिएको छ । वडा अधिवेशनका लागि १ सातामात्रै बाँकी रहँदा आधा जिल्लामा मात्रै प्रतिनिधि खटाइएकोले सबै जिल्लामा एकैसाथ अधिवेशन हुने सम्भावना कम देखिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार