दशैंमा शाकाहरीले के खाने ? यस्ता छन् १२ टिप्स

दसैँलाई हर्ष, उमंग र उल्लासको पर्वका रुपमा हेरिन्छ । धार्मिक आस्था र उपभोगको पर्वका रुपमा पनि लिइन्छ । टाढिएका आफन्तजन, नातागोता, इष्टमित्र दसैँमा एकठाउँमा भेला भएर मान्यजनको हातबाट टीका र जमरा लगाउने तथा आशिर्वाद लिने गरिन्छ ।

मासु र मदिरा प्रयोग पनि दसैँमा सामान्य बन्दै गएको छ । यस्तो समयमा मासु नखाने व्यक्तिले कसरी चाडमा रमाइलो गर्ने, कस्ता खानेकुरा खाने भनेर रातोपाटीका लागि आस्था केसीले अलका अस्पतालकी डाक्टर रंगीना लाइकाङवाङसँग कुराकानी गरेकी छन् । प्रस्तुत छ– भेजेटेरियनका लागि डाक्टर रंगीनाका १२ टिप्स :

– हामीकहाँ ताजा–ताजा फलफूल उपलब्ध छन् । त्यसमा हाम्रो ध्यान गएको छैन । फलफूल खाने हो भने स्वास्थ्यका लागि धेरै फाइदा गर्छ । कसैकसैको मदिरा पिउने बानी हुन्छ । त्यो मदिरासँग मासु नै खानुपर्छ भन्ने होइन । अनार, स्याउजस्ता फलफूल खान सकिन्छ । काँक्रोले पनि धेरै राम्रो गर्छ ।

– भेजेटेरियनले पनिरका विभिन्न परिकार बनाएर खान सक्छन् ।

– सलाद प्रयोग गर्नु पनि राम्रो हुन्छ । बन्दागोपी राम्रो विकल्प हुन सक्छ ।

– चिल्लो, पिरो कम गर्नका लागि हरियो सागपात उसिनेर पनि खान सकिन्छ ।

– डायबिटिजका बिरामीले फलफूल प्रयोग गर्दा ध्यान दिनुपर्छ ।

– आफूलाई चाहिनेभन्दा बढी खाना खानुहुँदैन । ओभर इटिङ नेपाली सबैको समस्या हो ।
– फलफूल खाँदा एकपटकमा एउटामात्र खाँदा राम्रो हुन्छ । केरा, स्याउ, अनार, काँक्रो आदि खान पाइयो भनेर धेरै खानु स्वास्थ्यका लागि राम्रो हुँदैन ।

– थुकले हामीलाई धेरै फाइदा गर्छ । त्यस्तै खाने बेलामा थोरै खाने धेरै पटक चपाएर खाने गर्नुपर्छ ।

– ब्रेकफास्ट किङजस्तै खानुपर्छ । कार्बोहाइड्रेट, प्रोटिन, थोरै फ्याट भएको खानेकुरा खानुपर्छ । त्यसबीचमा केही न केही खानेकुरा खाइरहनुपर्छ । धेरै समय खाली पेट बस्नुहुँदैन ।

– लन्च क्वीन जस्तै खानुपर्छ । हलुका खानेकुरा लिनुपर्छ । भातभन्दा रोटी तरकारी खानु राम्रो हुन्छ । रोटी पनि धेरै दसवटा होइन । दुइटा जति खाँदा राम्रो हुन्छ । सुत्नुभन्दा केही घन्टा अघि खाना खाइसक्नुपर्छ ।

– अप्रेसन गरेका बिरामीको लागि हाई प्रोटिन डाइट चाहिन्छ । त्यसैले उनीहरुलाई मात्र हामी मासु खाने सल्लाह दिन सक्छौँ । अरु सबैका लागि मासुबाट भन्दा हरियो तरकारी र फलफूलबाट पनि शरीरका लागि आवश्यक क्यालोरी पाउन सकिन्छ ।

– दसैँ रमाइलो पर्व हो । रमाइलो गर्नुपर्छ । सरसफाइमा ध्यान दिने, धेरै चिल्लो, पिरो नखाने, एकैपटक टन्न अघाउनेगरी नखाने, थोरै–थोरै केही घन्टाको अन्तरमा केही खाइरहने, धेरै समय पेट खाली नराख्ने, एकपटक पकाएको खाना र एकपटक काटेको फलफूल अथवा तरकारी धेरै बेरसम्म नराख्ने गरेमा ग्यास्ट्रिक, कब्जियत, डाइरियाजस्ता धेरै रोगबाट बच्न सकिन्छ ।

Related posts

Leave a Comment