कपिलवस्तुबाट ३ करोड बढीका खसी बोका काठमाडौं ल्याइदै

शम्भू माली कपिलबस्तु ।

दशैंमा खसीबोकाको माग बढे पछि कपिलबस्तु जिल्लाबाट दैनिक तिन करोड बढीको खसीबोका काठमाडौं गई रहेको छ । दशै आउन लागे पछि माग ह्बात्तै बढे पछि भारतीय ब्यापारीलाई यहा खसीबोका ल्याउन भ्याई नभ्याई भएको छ ।

अहिले यहाबाट दैनिक १० देखि १५ ट्रक सम्म खसीबोका काठमाडौं गईरहेको ब्यापारीहरुले बताएका छन् । भारतको बहराईचका ब्यापारीहरु अहिले सक्दो खसी बोका आर्यात गरी यहाबाट काठमाडौं निर्यात गरीरहेका छन् ।

भारतीय ब्यापारीले जिल्लाको कृष्णनगर भंसार नाकाबाट यी खसी बोका भित्र्याउने गरेका छन् ।

यहा लामो समय देखि भारतको उत्तर प्रदेश बहराईच, कानपुर र नानपाराका १२ बढी भारतीय ब्यापारीले काठमाडौंमा खसीबोकाको ब्यापार गर्दै आएका बताएका छन् । यहाबाट काठमाडौं पठाउने खसीबोकाहरुमा बाबरी, जमुना पारी र स्थानिय जाताका खसी बोका रहेका छन् ।

भारतको उत्तर प्रदेश बहराईच, कानपुर, लखनउ देखी नेपालमा ल्याएका छन । दशैंमा कपिलबस्तुबाट काठमाण्डौं एक दिन १० देखि १५ ट्रक खसीबोका जने गरेका बताएका छन ।

अन्य बेलाको तुलनामा दशैंका बेला तेब्बर ब्यापार बढ्ने र राम्रो आम्दानी हुने हुदा दिनरात गरी खसीबोका खोज्दै पठाउदै गरेको हेरालुले बताएका छन ।

अरु बेला प्रति किलो जिउदो दुई सय ११० देखि तीन सयमा बिक्री हुने खसी बोका अहिले भने तीन सय देखि ४ सय ५० सम्ममा बिक्री हुने गरेको छ ।

खसी अनुसार करिब दुई सय देखी चार सय सम्म भन्सार पनि तिनूृ पर्ने हुदा भाउ मंहगिएका हेरालुले बताउछन् । चारा, पानी खुवाउने र बिमार हुन नदिने गरेको बताए ।

Related posts

Leave a Comment