सुठौली छोटी भन्सारले डेढ महिनामा ५ करोड बढी राजस्व उठायो

शम्भु माली कपिलवस्तु ।

सुठौली छोटी भन्सार नाकाको स्तरवृद्धि भएको डेढ महिनामा नै ५ कारोड २० लाख बढी राजस्व उठाएको छ । सुठौली भन्सारबाट दैनिक १५ देखी २० लाख सम्म राजस्व उठने गरको छ ।

एक दिनमा २५ देखी ३० वाट ठूलो १८ चक्का सम्मको गाडी पास हुने गरेको भन्सार कार्यालयले बताएको छ । यस नाकाबाट मकै, गहू, चामल, भाटमासको पिना, तरकारी र फलफुल आयत हुने गरेको छ । एउटा गाडीमा २० टन सम्मको सामाग्री जाने गरेको छ ।

सुठौली पुरानो नाका भए पनि स्तरोन्नति नहुँदा यसअघि ओझेलमा परेको थियो । भन्सार भएसँगै व्यापार प्रवद्र्धन, रोजगारीहरू सिर्जनाको साथै यो क्षेत्रमा भौतिक पूर्वाधार विकास हुने भएको छ ।

सुठौली भन्सार प्रमुख नाका भएपछि प्रदेश ४ र ५ लाई फाइदा हुने भएको छ । सुठौल्ी नाका स्तरोन्नतिसँगै अब कपिलवस्तुको व्यापार–व्यवसायले गति लिने स्थानियको बिश्वास छ ।

Related posts

Leave a Comment