कोरोना अपडेट : थप १५२ जनामा संक्रमण, ६५ जना निको

नेपालमा बिहीबार थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ४६१ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु हुुँदा हालसम्म नेपालमा तीन हजार ३१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ६५ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा दुई लाख ७२ हजार ८५१ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा १५ सय ७९ जना आइशालेशन र ६३ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २२ लाख ७५ हजजार ५४० वटा नमुनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार