फास्ट ट्र्याकको प्याकेज–२ अन्तर्गतका ठेक्का रद्द गर्न लेखा समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिले काठमाडौँ तराई मधेस द्रुत मार्ग फास्ट–ट्र्याकको ठेक्का रद्द गर्न निर्देशन दिएको छ ।
बिहीबार लेखा समितिले रक्षा मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरूसँग छलफल गर्दै काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट–ट्र्याक)को प्याकेज–२ अन्तर्गतको ठेक्का रद्द गर्न निर्देशन दिएको हो । समितिले खरिद ऐनअनुसार प्रतिस्पर्धा, पारदर्शी र मितव्ययी हुने गरी खरिद प्रक्रिया सञ्चालन नभएको निष्कर्ष निकाल्दै खरिद प्रक्रिया रद्द गर्न निर्देशन दिएको समितिले जनाएको छ । छलफलमा सांसद डा. मिनेन्द्र रिजालले समिति बनाएर छानबिन गर्ने पक्षमा आफु नरहे पनि टेन्डरको प्रक्रियाले बढी समय लाग्ने बताए । उनले अहिलेको समयमा थप अध्ययन गर्नुपर्ने बताएका छन् ।
बैठकमा समिति सभापति भरत शाहले सांसदले बनाएको नियम कानुन नै लागु नभएको बताए । उनले सांसदले निर्माण गरेको नियम कानुन नै लागु नहुने भए किन कानुन बनाएको हो भन्दै प्रश्न समेत गरेका थिए । सभापति शाहले सम्पूर्ण सरोकारवाला निकायसँग सहकार्य भएपनि कार्यान्वयनको पक्ष फितलो भएको बताए । सेनाले प्याकेज नम्बर–२ का लागि गरेको टेन्डरमा एउटा मात्रै कम्पनीबाट आर्थिक प्रतिस्पर्धा गराएको थियो ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार