लुम्बिनीको मुख्य न्यायाधीवक्तामा प्यूठानका सुवेदी नियुक्त

लुम्बिनी प्रदेशको मुख्य न्यायधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त भएका छन् । प्रदेश सरकारले प्यूठानका सुवेदीलाई सोमबार प्रदेशको मुख्यन्यायाधिवक्तामा नियुक्त गरेको हो । उनलाई उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दीक्षितले शपथ ग्रहण गराएकी छन् ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्तीलगायत सरकारका उच्च पदस्थ व्यक्तिहरुको सहभागितामा उनले सुवेदीलाई सपथग्रहण गराएकी थिइन् ।

यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिएपछि साउन २७ गतेदेखि उक्त पद रिक्त रहेको थियो ।

नवनियुक्त न्यायाधिवक्ता सुवेदी सत्य निरूपण तथा मेलमिलाप आयोग तथा मानवअधिकारका विषयमा अधिवक्ताको काम गर्दै आएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार