७ अर्ब ७२ करोड बराबरको ल्यापटप आयात

नेपालमा गत आर्थिक वर्षमा ७ अर्ब ७२ करोड बराबरको ल्यापटप आयात भएको छ । बन्दाबन्दी सृजित नयाँ वातावरणका कारण नेपालमा ल्यापटपको खपत वृद्धि भएको छ ।

अनलाइन कक्षा तथा जूम सम्मेलनको बढ्दो प्रवृत्ति, सरकारी सेवाहरूमा पनि अनलाइन संस्करणको बढ्दो अभ्यास तथा सूचना प्रविधिमैत्री समाजका कारण नेपालमा ल्यापटपको आयात बढेको हो ।

नेपालले आयात गर्ने ल्यापटपमध्ये करीब ९३ प्रतिशत चीनबाट हुने गरेको छ भने अन्य प्रमुख स्रोत मुलुकहरूमा मलेशिया, सिंगापुर, संयुक्त राज्य अमेरिका, इन्डोनेशिया, जापान रहेका छन् ।

ल्यापटप आयातबापत आर्थिक वर्ष २०७७/७८ मा ९९ करोड २६ लाख ७० हजार बराबरको राजस्व पनि उठेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार