प्रचण्ड र भापजा नेता चौथाइवालेबीच भेटवार्ता

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय जनता पार्टी भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटवार्ता गरेका छन् ।

अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा नेपाल–भारत सम्बन्ध र दुई पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष दाहालका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिए । भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार