चन्द्रागिरीमा माधव नेपालका लागि सोमबारदेखी बुधबारसम्म ५८ कोठा बुक

दुई रात बसेर सिधै सनाखतका लागि आयोग पुग्ने तयारी

नेकपा (एकीकृत समाजवादी|)  पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका माधव कुमाल नेपाल पक्षका नेताहरु आन्तरिक छलफलका लागि भन्दै चन्द्रागिरी रिसोर्ट पुगेका छन । एमाले विभाजित गरेर नयाँ पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएपछि आफुनिकट मानिएका अधिकांश नेता ओली एमालेमै रहने निर्णयमा पुगेपछि सनाखतका लागि आवश्यक संख्या पुर्‍याउने कसरतमा चन्द्रागिरी पुगेको नेपाल निकट स्रोतको भनाई छ । दल दर्ताका लागि पेश भएको निवदेन अनुसार बुधबार आयोगले सनाखतका लागि बोलाएको छ ।

चन्द्रागिरी रिसोर्ट स्रोतका अनुसार पार्टी दर्ताको निवेदनमा हस्ताक्षर गरेका ५८ जना नेता उपस्थित हुनेगरि नेपालले रिसोर्टका ५८ कोठा बुक गरेका छन  । नेताहरु थपिने सम्भावना रहेकाले बुकिङकै बेला रुम  रिसोर्ट व्यवस्थापनसँग आवश्यकताका आधारमा कोठा थपिने जानकारी गराएको रिसोर्ट व्यवस्थापनले जानकारी दियो ।  सोमबार रातीसँगै उनिहरु मंगलबार दिनभर त्यही बस्ने तयारी छ ।

यता उनकै पक्षका स्थायी कमिटी सदस्यहरुले भने सोमबार एमालेमै बस्ने गरी अध्यक्ष केपी शर्मा ओलीसँग सहमति जुटाएका छन्। एमालेमै बस्ने हकमा नेपाललाई साथ दिने बिताएका उनीहरुले मंगलबार च्यासलमा हुने स्थायी कमिटी बैठकमा सहभागिता जनाउने भएका छन्।

Loading...