नेपालमा सोमबार थप १ हजार ८०१ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

नेपालमा सोमबार थप १ हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको ८ हजार ७ सय ४ पिसिआर परिक्षणका क्रममा १ हजार ५ सय ४८ र २ हजार ६ सय २२ एन्टीजेन परिक्षणका क्रममा २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै  कोरोना संक्रमितको संख्या ८ लाख २९ हजार ४ सय ४३ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा १० हजार ५ सय ३३ जनाको कोरोनाका कारण ज्यान गुमाएका छन्  । गत २४ घण्टामा थप १ हजार ९ सय २४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९ सय ८१ जनाले कोरोना जितेका छन् । हाल नेपालमा ३८ हजार ३५१ सक्रिय संक्रमित आइशोलेशन र ३९३ जना क्वारेन्टाइनमा छन् । यस्तै अहिलेसम्म नेपालमा ३८ लाख ३९ हजार ३९५ वटा पिसिआर र ४ लाख ३५ हजार १७७ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार