नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

नेपाल राष्ट्रिय पुरुष क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) र नेपाल राष्ट्रिय क्रिकेट टिमको आधिकारिक प्रायोजक माइसेकेन्ड टिचरले संयुक्त रुपमा नयाँ जर्सी सार्वजनिक गरेको हो ।

क्यानले केही समयअगाडि जर्सी डिजाइनका लागि खुल्ला प्रतिस्पर्धा आव्हान गरेको थियो । डिजाइनरले एसीसी र आईसीसीको जर्सी प्रोटोकललाई ध्यान राख्दै नेपाली राष्ट्रिय झन्डासँग मिल्ने रंग संयोजनमा जर्सी डिजाइन गर्नुपर्ने सर्त अघि सारिएको थियो ।

प्रतिस्पर्धामार्फत प्राप्त ५ सयभन्दा बढी डिजाइनबाट आदर्श पोखरेलले डिजाइन गरेको जर्सी सार्वजानिक गरिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार