मुख्यमन्त्री केसीले मागे विश्वासको मत, प्रतिपक्षीको कुर्चीमा एक जनामात्र सांसद

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत दिन आग्रह गरेका हुन् ।

उनले प्रदेशसभामा विश्वासको मत माग्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ ।

मुख्यमन्त्री केसीले विश्वासको मत लिने बैठकमा राष्ट्रिय जनमोर्चाकी प्रदेशसभा सदस्य तारा जिसी मात्र प्रतिपक्षको कुर्चीमा थिइन् । तर, जनमोर्चाले मुख्यमन्त्रीमा केसीलाई समर्थन गरेको छ । जनमोर्चा सरकारमा नजाने भएकाले प्रतिपक्षमै बसेको माओवादी केन्द्रका नेता सुदर्शन बरालले बताए ।

नेकपा एमालेले भने सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई कारबाही नगरेसम्म प्रदेशसभाको बैठकमा सहभागी नहुने बताएको छ ।

लुम्बिनी प्रदेशसभामा अहिले ८० सदस्य छन् । मुख्यमन्त्री केसीले आफूमाथि प्रदेशसभाको आफूमाथि विश्वास छ भन्ने पुष्टि गर्न ४१सांसदको समर्थन जुटाउनुपर्छ । सत्ता पक्षमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८ ९सभामुख बाहेक०,जनता समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद अजय शाहीसहित ४२ सांसद छन् । विपक्षी एमालेका ३७ सदस्य छन् ।

माओवादी केन्द्र संसदीय दलका नेता केसी लुम्बिनी प्रदेशसभाका चार दल र एक स्वतन्त्र गरी ४२ जना प्रदेशसभा सदस्यको समर्थनमा साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार