बालकोट वार्ता : एमालेका सबै पार्टी कमिटी जेठ २ को अवस्थामा फर्काउने विषयमा छलफल

नेकपा एमालेको संस्थापन पक्ष र तेस्रो धारका नेताहरुबीच पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर सहमति खोज्ने बारेमा छलफल भएको छ । तेस्रो धारका नेताहरु र ओलीबिच सोमबार भएको छलफलमा उक्त सहमति भएको नेता योगेश भट्टराईले जानकारी दिए ।

छलफलपछि एमाले एकताका लागि नेता भट्टराईले पार्टीलाई समान व्यहार गर्ने र पुरानै जिम्मेवारी दिने तथा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति गर्दै पार्टीलाई एकतावद्ध गर्ने विषयमा सहमति भएको बताए । स्थायी कमिटी मार्फत नै १० बुँदे सहमति कार्यान्वयनको बाटो तयार गर्ने र केन्द्रीय कमिटी बोलाउने सहमति पनि भएको उनले बताए ।

बैठकमा अध्यक्ष ओलीले मुलुकको राष्ट्रिय राजनीतिमा उत्पन्न जटिलता, संविधानको अपव्याख्या गर्दै मुलुकलाई पश्चगमनतर्फ लैजाने षडयन्त्र भइरहेको बताएका थिए । मुलुकलाई पश्चगमनबाट जोगाउनका लागि पनि एमाले एकतावद्ध हुनुपर्नेमा ओलीको जोड रहेको थियो । एमाले उपाध्यक्ष भीम रावल, उप महासचिव घनश्याभ भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे लगाएतका नेताहरु ओलीसँग छलफल गर्न बालकोट पुगेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार