मुल्यबृद्धिको विरोधमा उत्रियो अनेरास्ववियू (भिडियोसहित)

सरकार र यातायात व्यवसायीबीच १० प्रतिशत मूल्य बृद्धि गर्ने निर्णयको विरोधमा अनेरास्वबियुले मंगलबार काठमाडौंमा प्रर्दशन गरेको छ ।

अनेरास्वबियु पशुपति क्याम्पस ईकाइ कमिटिले मंगलबार काठमाडौको चावाहीलमा प्रर्दशन गर्दे सवारी साधनको भाडामा बृद्धि गरिएको मूल्य तत्काल फिर्ता लिन माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्यबृद्धिले मारमा परेको जनताका लागि चाडपर्वका बेला थप मूल्यबृद्धि गरेको उनीहरुको आरोप छ । उनीहरुले तत्काल सवारी भाडामा भएको बृद्धि फिर्ता नलिए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

व्यवसायीहरुले दवाव दिएपछि सरकारले आईतबार यातायातको १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको थियो ।

Related posts

Leave a Comment