सभापतिको साझा उम्मेदवार छान्न पौडेल समूहले थाल्यो छलफल

नेपाली काँग्रेसको रामचन्द्र पौडेल समूहले महाधिवेशनमा साझा उम्मेदवार उठाउने सहमति गरेको छ । क्रियाशील सदस्यता विवाद लगभग टुंगिएपछि पौडेल समूहका सभापतिका आकांक्षीहरुले मंगलबार छलफल गरेका हुन् ।

वत्तिसपुतलीस्थित अनुपम फुड्ल्याण्डमा भएको छलफलमा पौडेलसँगै महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, डा. रामशरण महत लगायतको सहभागिता थियो ।

वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, केन्द्रीय सदस्यहरू सुजाता कोइराला, शेखर कोइराला सभापति उठ्ने तयारीमा छन् । उनीहरूमध्ये एक जनालाई आफ्नो तर्फबाट सभापति तय गर्नेबारे आज पौडेल पक्षले छलफल गरेको हो ।

केन्द्रीय समितिले बनाएर दिएको मापदण्डअनुसार नै अगाडि बढ्ने हो भने क्रियाशीलमा देखिएका विवाद छिटो टुंगिने नेता केसीले बताए । साथै नेतृत्वका लागि सहमतिमा अगाडि बढ्नेबारे कुराकानी भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार