ईन्द्रजात्राको अवसरमा १०९ कुमारीको पूजा गरियो (भिडियोसहित)

पाटन दरबार परिसरमा १ सय ९ जना कुमारीहरुको सामुहिक पूजा सम्पन्न भएको छ । हरेक बर्ष इन्द्रजात्राको अवसर पारेर आयोजना गरिदै आएको पूजा यो वर्षपनि परम्परा अनुसार नै सम्पन्न भएको हो ।

नेवार समुदायको परम्परामा कुमारी पुजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

कुमारी पुजामा कन्यालाई टिका लगाएर प्रसाद तथा दक्षिणा दिएर पुजा गरिन्छ । आजको दिन पास्नी गरेका तर बेल विवाह नगरेका कन्याहरुको पुजा गरिन्छ । कुमारीको पुजा गर्नाले रोग नलाग्ने र आपत विपत न आउने विश्वास छ ।

धार्मिक विधि अनुसार गरिएको पूजामा सयौँको संख्यामा सर्वसाधारण सहभागि भएको दरबार स्क्वायर महिला समुहकी आयोजक सरोसती प्रधानले बताइन् । समूहले यस अघि पनि भिन्न भिन्न कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।

Related posts

Leave a Comment