एमाले-माओवादी ब्युँताउने फैसलामा पुनरावलोकन नहुने

प्रचण्डको माग अस्वीकार

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा पुनरावलोकनको अनुमति नदिने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा दिएको पुनरावलोकन सम्बन्धी मुद्धामा अनुमति नहुने आदेश दिइएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पुनरावलोकन निवेदन सुनुवाइका लागि अनुमति नदिएको हो । गत फागुन २३ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्दै पुरानै अवस्थामा फर्काउने फैसला गरेका थिए । सोही फैसलाविरुद्द प्रचण्डले गत मंगलबार पुनरावलोकनको निवेदन दिएका थिए ।

अदालतको यो फैसलापछि नेकपा नाम विवादमा सर्वोच्चे २३ फागुनमा गरेको फैसला नै अन्तिम भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार