कोरोना पुष्टि भएका एकै परिवारका ३ जना झुण्डिएको अवस्थामा मृत भेटिए

झापा कन्काई नगरपालिका एकै परिवारका तीनजना झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । कन्काइ नगरपालिका–१ मा आठ महिने छोरीसहित एक दम्पत्ती झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईका अनुसार ३४ वर्षीय रविन बिक, उनकी श्रीमती मुना बिक र आठ महिनाकी छोरी रुविना बिक मृत भेटिएका छन् ।

मुनाले आठ महिने छोरीलाई छातीमा टाँसेर बर्कीले बाँधेर झुण्डिएको अवस्थामा रहेको एसपी भट्टराईले बताए ।

मृतक रवीन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाडौँसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयवासीले बताएका छन् । स्थानीयवासीका अनुसार रवीन वैदेशिक रोजगारमा स्थानीय युवालाई पठाउने एजेन्टका रुपमा काम गर्दै आएका थिए । आत्महत्या गर्नुपर्ने कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार