दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा ३ जनाको घटनास्थलमै मृत्यु

बारामा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । बाराको जितपुरसीमारा उमहानगरपालिका १६ टाँगीयावस्तिस्थित पूर्वपश्चिम लोकमार्गको सडकमा शनिबार राति साढे १० बजेतिर उक्त दुर्घटना भएको हो ।

पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश २–०३–००२ प ५३३५ र विपरित दिशाबाट आउँदै गरेको बा ६५ प २७५६ नम्बरको मोटरसाइकल ठोक्किँदा दुवै मोटरसाइकलका चालक र सवार १ महिलासहित ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा दुर्घटनामा प्रदेश २–०३–००२ प ५३३५ नम्बरको मोटसाइकलका चालक बाराको निजगढ नगरपालिका ९ का १६ वर्षीय विकास साह र पछाडि सवार उनकी फूपू पर्साको बहुदरमाई नगरपालिका–४ डकैला बहुअरीकी ३५ वर्षीय सुनैना देवी साह रहेका छन् । उक्त मोटरसाइकल दुर्घटना पछि जलेर ध्वस्त भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

यस्तै अर्को मोटरसाइकल चालक नुवाकोटको घुङताङ–३ का ४० वर्षीय टुलुराज तामाङको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

Loading...