शुक्रबार दिनभरी बालाजु क्षेत्रमा विद्युत आपूर्ति बन्द

काठमाडौं ।

शुक्रबार दिनभरी नै बालाजु क्षेत्रमा बिद्युत आपूर्ति बन्द हुने भएको छ । सडक विस्तारका कारण बालाजु क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली जाने प्राधिकरणको बालाजु वितरण केन्द्रले जनाएको छ ।

बनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सबस्टेशनबाट आपूर्ति हुने क्षेत्रमा वत्ति जाने केन्द्रका प्रमुख सुरज रेग्मीले जानकारी दिए ।

उनका अनुसार बालाजु–धर्मस्थली फिडर अन्तर्गत पुरानो गुहेश्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा बत्ती जाने छ । त्यस्तै बालाजु–नागार्जुन फिडरबाट आपूर्ति हुने एमटीसी पर्खाल, जनजागृती, रोटरी क्लब, टौडोल, शितलास्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा पनि भोलि बिजुली अनियमित हुने प्राधिकरणले जनाएको छ ।

Related posts

Leave a Comment