माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, पार्टीका रिक्त पदमा जिम्मेवारी तोकिने

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने, सङ्गठनात्मक संरचनाहरूको बारेमा छलफल हुने बताइएको छ । केही दिन अघि सम्पन्न माओवादी केन्द्रीय कमिटी बैठकले सङ्गठनात्मक र रिक्त स्थानमा पूर्ति गर्न स्थायी कमिटीलाई जिम्मा दिएको थियो । केन्द्रीय कमिटीको निर्देशनका विषयमा नै स्थायी कमिटी बैठकमा छलफल हुने छ ।
माओवादी केन्द्रले केन्द्रीय समितिमा सदस्य थप गर्दा समानुपातिक समावेशिताको आधारमा थप गर्ने निर्णय गरिसकेको छ । त्यस्तै बैठकमा पुष ११, १२ र १३ गने हुने राष्ट्रिय सम्मेलनका लागि स्थानीय  तहसम्म अधिवेशन गर्न निर्वाचन निर्देशिका तयार गर्ने विषयमा पनि छलफल हुदैँछ ।  आज बैठकले नेताहरूको जिम्मेवारी तोक्ने, सङ्गठनात्मक संरचनाका विषयमा आवश्यक निर्णय लिने छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार