जब उडिरहेको विमानभित्र यात्रुहरुको नाक र कानबाट रगत बग्यो (भिडियोसहित)

भारतको मुम्बइबाट जयपुरका लागि उडेको एक विमान आकस्मिक अवतरण गरिएको छ । विमानमा रहेको ३३ जना यात्रुको नाक र कानबाट एक्कसी रगत बग्न थालेपछि विमान आकस्मिक अवतरण गरिएको हो । उक्त विमानमा १ सय ६६ यात्रु थिए ।

भारतीय नागरिक उड्डयन प्राधिकरणका अधिकारीका अनुसार जेट एयरवेज बी ७३७ एयरक्राफ्ट (९ डब्ल्यू ६९७) मा यात्रा गरेका १ सय ६६ मध्ये ३३ जना यात्रुको नाक र कानबाट रगत निस्किएको थियो ।

चालक दलले विमानभित्रको प्रेसर रेगुलेट गर्न बिर्सेपछि हावाको दबाब बढेका कारण यात्रुको नाक र कानबाट रगत निस्किएको बताइएको छ । हावाको चापको सन्तुलन मिलाउन बिर्सेका कारण नै यो दुखद घटना हुन पुग्यो । केही यात्रुलाई अक्सिजन मास्कसमेत लगाइएको थियो ।

मुम्बईबाट जयपुरका लागि उडेको जहाज यात्रुहरुको स्वास्थ्यमा समस्या आएपछि फेरि मुम्बईमै अवतरण गराइएको थियो ।

Related posts

Leave a Comment