लिभरपुलको लगातार दोस्रो जीत

सेनेगलका साडियो माने र पोर्चुगिज डिएगो जोटाको गोलको मद्दतमा मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ ।

पहिलो खेलमा नर्विच सिटीलाई ३–० ले पराजित गरेको लिभरपुलले शनिबार घरेलु मैदानमा भएको खेलमा बर्नलेमाथि २–० को सहज जित हात पारेको हो । लिभरपुलको जीतमा डिएगो जोटा र साडियो मानेले एक–एक गोल गरे ।

६ अंकसहित लिभरपुल लिगको शीर्ष स्थानमा रहेको छ । अन्य खेलमा एस्टन भिल्लाले न्युक्यासल युनाइटेडलाई २–० ले हरायो भने ब्राइटनले वाटफोर्डलाई सोही गोलअन्तरले पराजित गर्यो । एभर्टन र लिड्सले भने २–२ को बराबरी खेले ।

Loading...