म्यानचेस्टर सिटीको सानदार जित

साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा पहिलो जित दर्ता गर्दा नर्विच सिटीमाथि ५–० को सानदार जित हात पारेको छ ।

पहिलो खेलमा टोटेनहम हटस्परसँग हार बेहोरेको सिटीको फराकिलो जितमा ज्याक ग्रेलिस, एमेरिक लापोर्टा, रहिम स्टर्लिङ र रियाद महारेजले गोल गर्दा एक गोल उपहार पाएको थियो । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल भएको थियो ।

खेलको सातौँ मिनेटमा नै नर्विचका गोलकिपर टीम क्रुलले आत्मघाती गोल गरेपछि सिटीले अग्रता लिएको थियो । २२ औँ मिनेटमा हालैमात्र १० करोड पाउन्डमा सिटीमा अनुबन्ध भएका ज्याक ग्रिलिसले टोलीका लागि पहिलो गोल गर्दै अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा एमेरिक लापोर्टेले अर्को गोल थपे भने राहिम स्टर्लिङ र रिहाद महारेजले एक–एक गोल गर्दै सिटीलाई सहज जीत दिलाए । खेलमा ग्याब्रियल जिसुसले दुईवटा गोलको अवसर सिर्जना गरेका थिए । पहिलो खेलमा टोटनह्यामसँग १–० ले स्तब्ध भएको सिटीले तीन अंक बटुल्न सफल भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार