केपी ओलीका कारण एमाले विसर्जनको बाटोमा गयो : मेटमणि चौधरी

माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य मेटमणि चौधरीले केपी ओलीले एमालेलाई विसर्जनको बाटोमा लगेको कारण आफूहरू बाध्य भएर नयाँ दल दर्ता गर्न पुगेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा बोल्दै चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने काम गरेका यो अवस्था आएको आरोप पनि लगाए ।  ओलीको कारण एमाले विसर्जनको बाटोमा गएकोले आफूहरूले बाध्य भएर पुनर्गठन गरेको उनको भनाई छ ।
चौधरीले आफूहरूले एमालेको एकता र सग्लो एमालेको लागि हदैसम्मको प्रयास गरेको तर ओलीले एकता नचाहेको कारण आजको परिस्थिति उत्पन्न भएको बताएका छन् । उनले आफूहरूको पार्टी देशको सबैभन्दा ठूलो पार्टी बन्ने पनि दाबी गरेका छन् । उनले माधव नेपाललगायत आफूहरू १४ जना सांसदलाई पदमुक्त गर्ने भनेर एमालेले गरेको कारबाहीको कुनै औचित्य नभएको र कारबाही हुनै नसक्ने ठोकुवा गरेका छन् ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार