अन्तत: भानु नै चुनिए प्रधानमन्त्री देउवाको प्रमुख स्वकीय सचिव

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । प्रधानमन्त्री देउवा र पत्नी आरजु राणाबिचको विवादले देउवालाई आफ्नै स्वकीय सचिव टुङ्ग्याउन सकस परेको थियो । यद्यपी भानुले नै सो जिम्मेवारी निभाउँदै आए पनि उनले औपचारिक रुपमा नियुक्ति भने पाएका थिएनन् ।

देउवाले आफ्नो स्वकीय सचिवको रूपमा लामो समयदेखि आफूसँगै काम गर्दै आएका भानुलाई नियुक्त गर्न चाहेका थिए भने पत्नी राणाले कुनै हालतमा भानुको नियुक्ति रोकेर प्रकाशलाई प्रधानमन्त्रीको मुख्य स्वकीय सचिव बनाउनुपर्ने अडानमा थिइन् । प्रकाश लामो समय आरजुकै स्वकीय सचिवका रूपमा काम गर्दै आएका छन् ।

मन्त्री चुन्न नसकेका शेर बहादुरलाई स्वकीय छान्न झन् ठुलो सकस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार