कोरोना अपडेट: थप २ हजार ७५ जनामा संक्रमण, ३० जनाको मृत्यु

नेपालमा शनिबार थप २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ७०३ पिसिआर परिक्षणका क्रममा १ हजार ४२४ र ५ हजार ३७२ एन्टीजेन परिक्षणका क्रममा ६५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप ३० जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा १० हजार ४ सय ८५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २ हजार ३८२ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ९५ हजार ९२५ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

यस्तै अहिलेसम्म ३८ लाख २१ हजार २४८ वटा पिसिआर परिक्षण तथा ४ लाख २९ हजार ४२८ वटा एन्टीजेन परिक्षण गरिएको छ । हाल नेपालमा ३९ हजार ३२१ जना सक्रिय संक्रमित रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार