पोखराको एक सहकारीमा सटर फोडेर चोरी

पोखरा । पोखरामा एक सहकारीमा चोरी भएको छ । पोखरा महानगरपालिका ८ मा रहेको जनएकता बचत तथा ऋण सहकारी संस्थामा गएराति चोरी भएको हो ।

प्रहरीका अनुसार सटरको चाबी फोडेर ९ लाख १४ हजार ४ सय ५ रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।

आइतबार बैंकमा जम्मा गर्न ढिलाइ भई सहकारीको कार्यालयमा नै धेरै रकम भएको बेला चोरी भएको देखिएको छ । सुरक्षा गार्ड र सिसी क्यामरा दुबै नभएको मौका पारेर दराजको सेफभित्र राखेको रकम चोरी भएको प्रहरीको भनाइ छ ।

चोरी भएको विहान मात्र थाहा भएको थियो । सहकारी नजिकैको होटलका कर्मचारीले सोमबार विहान ९ बजे चावी फोडिएको देखेपछि सहकारी सञ्चालकलाई खबर गरेका थिए ।

Related posts

Leave a Comment