थप दुई लाख अष्ट्राजेनिका खोप नेपाल आइपुग्यो

जापानबाट थप दुई लाख अष्ट्राजेनिका खोप काठमाडौँ आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई जापानले १६ लाख खोप दिने प्रतिबद्धता अनुरुप सो खोप आइपुगेको हो ।

यसअघि ९ लाख डोज खोप काठमाडौं आइपुगेको थियो भने बाँकी ९ लाख ४८ हजार सात सय वटा खोप भने भदौ ७ गतेसम्म आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वितरण शाखाका वरिष्ठ फर्मासिष्ट बडेबाबु थापाले जानकारी दिए । उनका अनुसार सो खोप टेकुमा भण्डारण गरेर सबै प्रदेशहरुमा चाँडै वितरण गरिनेछ ।

यस्तै, मन्त्रालयका बाल स्वास्थ्य तथा खोप शाखाका खोप अधिकारी डा. भरत भण्डारीले प्रदेश १ र २ मा ६५ वर्ष उमेर समूहका नागरिकलाई कोभिसिल्डको दोश्रो खेपको खोपको रुपमा अष्ट्राजेनिका खोप दिने बताए ।

मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा एक करोड आठ लाख ६० हजार १७० डोज खोप प्राप्त गरेको छ । त्यसमध्ये २४ लाख ४८ हजार कोभिसिल्ड, १६ लाख जोन्सन एण्ड जोन्सन, ७४ लाख भेरोसेल र दश लाख ७७ हजार ३२० वटा अष्ट्राजेनिका खोप रहेका छन् ।

Loading...