साउदी जाने कामदारको न्युनतम ज्याला बढने, कस्को कति ? (सूचीसहित)

साउदीमा नेपाली कामदारको न्युनतम ज्याला बढ्ने भएको छ । न्यूनतम ज्याला ६ वर्ष पछि पुनरावलोकन गर्दै अर्धदक्ष कामदारको न्युनतम ज्याला एक हजार रियाल बनाउन लागिएको हो ।

खाना खर्च एक सय रियाल बढेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको न्युनतम ज्याला सम्बन्धी प्रस्तावलाई गएको शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको हो । न्यूनतम ज्याला ६ वर्षदेखि पुनरावलोकन नगरेको गुनासो आएपछि मन्त्री विष्टले पुनरावलोकनका लागि अग्रसरता लिएका थिए ।

अब साउदी जाने नेपाली कामदारले न्युनतम ज्याला एक हजार र खाना भत्ताका लागि कम्तीमा तीन सय रियाल पाउने छन् । यस अघि त्यहाँ जाने अदक्ष नेपाली कामदारले न्यूनतम ज्याला आठ सय र खाना भत्ता दुई सय रियाल पाउँथे । सयमा ९० जना कामदार अदक्ष कामदार जाने भएकाले यो व्यवस्थाले अदक्ष कामदार सबैभन्दा धेरै लाभान्वित हुनेछन् ।

Related posts

Leave a Comment