हाँस्य कलाकार शम्भुराज थापाको निधन

वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि दुई साताअघि पाटन अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा झन् जटिलता देखिएपछि मंगलबार साँझबाट भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा उनको शनिबार बिहान ४ः४० बजे पाटन अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन चलचित्र, चलचित्र अभिनय गरेका छन् ।

Loading...