आगामी निर्वाचनमा एमाले बलियो पार्टी हुने टोपबहादुर रायमाझीको दाबी

नेकपा एमालेका नेता टोप बहादुर रायमाझीले आगामी निर्वाचन एमाले अहिलेको भन्दा पनि बलियो पहिलो पार्टी हुने दाबी गरेका छन् । एमालेको भातृ सङ्गठन अनेरास्ववियूले शुक्रवार काठमाडौँमा आयोजना गरेको भण्डाफोर सभालाई सम्बोधन गर्दै रायमाझीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर अन्य पार्टी टुक्रिने अवस्था सिर्जना भएकाले एमाले अहिलेको भन्दा पनि बलियो पहिलो पार्टी हुने बताएका हुन् । 

उनले एमाले सबै प्रकारका षडयन्त्रको बिरुद्ध उत्रने उल्लेख गरेका छन् । उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजन अध्यादेशले राजनीतिक अस्थिरता उत्पन्न गरेको भन्दै प्रतिगामी कदम बिरुद्ध सशक्त भएर लाग्ने जिकिर गरेका छन् । अध्यादेशले राजनीतिक अस्थिरता उत्पन्न भएको भन्दै अनेरास्वविययू विरोधमा उत्रेको हो । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार