नवनियुक्त बागमती प्रदेश प्रमुख शर्माले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ लिएका छन् । प्रदेश प्रमुख शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ पद तथा गोपनियताको शपथ गराएकी हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गरी शर्मालाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सोही अनुसार राष्ट्रपतिले शुक्रबार शर्मालाई बागमती प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार