कोरोना अपडेट: १७ हजार ६५४ वटा नमुना परिक्षणमा ३ हजार ४२ जनामा संक्रमण

नेपालमा शुक्रबार थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ५३० पिसिआर परिक्षणका क्रममा २ हजार ७९ र ७ हजार १२४ एन्टीजेन परिक्षणका क्रममा ९६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप २६ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा १० हजार ४ सय ५५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २ हजार २४४ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ९३ हजार ५४३ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

यस्तै अहिलेसम्म ३८ लाख १३ हजार ५४५ वटा पिसिआर परिक्षण तथा ४ लाख २४ हजार ११० वटा एन्टीजेन परिक्षण गरिएको छ । हाल नेपालमा ४० हजार ३०९ जना सक्रिय संक्रमित रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार