बागमतीको प्रदेश प्रमुखमा शर्मा नियुक्त, प्रसाईँ पदमुक्त

बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्‍नाथ पन्तका अनुसार बिहीबारको मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गरी शर्मालाई नियुक्त गरिएको हो ।

नवनियुक्त प्रदेश प्रमुख शर्मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए । अहिले उनकै प्रस्तावमा प्रदेश प्रमुख नियुक्त गरिएको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार