नेपाल समूहले कास्कीमा बनायो समानान्तर जिल्ला कमिटी, धनराज आचार्य अध्यक्ष

नेकपा एमालेको माधव कुमार नेपाल समूहले कास्कीमा समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।

नेता नेपाल र गण्डकी प्रदेश इञ्चार्ज सुरेन्द्र पाण्डेको उपस्थितिमा धनराज आचार्यको अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको छ । ७५ सदस्यीय जिल्ला कमिटीको सचिवमा होमबहादुर नेपाली चयन भएका छन् ।

छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीको घोषणा गर्ने नेता नेपालले जानकारी दिएका छन् । नेपाल समूहले जिल्ला तहमा पहिलोपटक समानान्तर कमिटी गठन गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार