बर्दियामा चितुवाको आक्रमणबाट तीन वर्षीया बालिकाको मृत्यु

चितुवाको आक्रमणमा परी बर्दियामा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । राजापुर नगरपालिका १० भगतपुरकी कमला जैसीको चितुवाको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ ७ बजे घर नजिकै रहेको मकैबारीको छेउमा खेलिरहेको बेला जंगलबाट आएको चितुवाले कमलालाई आक्रमण गरी घाइते बनाएको थियो । उनलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

पछिल्लो समय बर्दियामा जंगली जनावरको आक्रमणका घटना बढ्दै गएको छ। निकुञ्ज, डिभिजन वन तथा जिल्ला प्रशासन कार्यालयले स्थानीयलाई जंगल प्रवेश नगर्न तथा सामुदायिक वन छेउछाउका स्थानीयलाई सतर्कता अपनाउन पटकपटक आग्रह समेत गर्दै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार