माधव नेपाल र महन्थ ठाकुरको पार्टीको नामबाट एमाले र जसपा हट्ने

माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले समाजवादीको नाममा नेकपा एमाले र महन्थ ठाकुर नेतृत्वको पार्टीको नाममा जसपा नरहने भएको छ । निर्वाचन आयोगले एमाले र जसपा नाम जोडेर नयाँ पार्टी दर्ता गर्न नमिल्ने जानकारी दुवै पक्षलाई गराइसकेको छ।

एमाले विभाजन गरेका नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी र जसपा विभाजन गरेका महन्थ ठाकुर समूहले जनता समाजवादी पार्टी लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि आयोगमा बुधबार निवेदन दिएका थिए ।

आयोगले सर्वोच्च अदालतको फागुन २३ को फैसला अनुसार कुनै दलको नामसँग जुधाएर नयाँ दलको नाम दर्ता गर्न नसकिने मौखिक जानकारी दुवै समूहलाई दिएको छ । यद्यपि राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली बिहीबार मात्र आएकाले शुक्रबार फेरि निवेदन दिने तयारी छ ।

नेपाल समूहका नेताहरुका अनुसार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी नाममा पार्टी दर्ता हुने सम्भावना छ । यसैबीच आयोगले आजबाट नयाँ दल दर्ताको काम अघि बढाउने भएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार