सिभिल बैंक अब महेन्द्रनगरमा पनि

काठमाण्डौ । “समृद्धिका लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आफ्नो ११५ औँ शाखा संचालनमा ल्याएको छ।

क्त शाखाको उद्घाटन भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले गरे। हालको कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै उक्त उद्घाटन समारोहमा सहभागीको संख्या न्यून गरिएको थियो।

उक्त शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले महेन्द्रनगरमा वित्तीय पहुँच वृद्धि गर्नका साथै वित्तीयस्तर बढाउन यस शाखाले टेवा पुर्याउने बताए। व्यापार–व्यवसाय विस्तार तथा रोजगारी सिर्जनाका लागि अनुकूल वातावरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिँदै उक्त क्षेत्रका बासिन्दालाई आफूलाई आवश्यक पर्ने पुँजीका लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफूसँग भएको सानो–सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे। सिभिल बैंकका डिपोजिट तथा ट्रान्ज्याक्सन बैंकिङका प्रमुख भोलाबहादुर बिष्टले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकहरुको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने बताए। पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म नेपालभर छरीएका ११५ शाखाहरु गुणस्तरीय सेवा प्रदान गर्न कटिबद्घ रहेको तथा हाल विश्वव्यापी रुपमा व्याप्त कोरोना महामारीको विशम परिस्थितिमा बजारमा प्रदान गरिएको ब्याजदरभन्दा सिभिल बैंकले सर्वाधिक व्याजदर प्रदान गरिँदै आएकोले यसको लाभ उठाउन अपिल गरे। बैंकले हालसम्म करिब ६ लाख ग्राहकलाई ११५ शाखा, १० एक्सटेन्सन काउन्टर तथा ८६ एटीएममार्फत सम्पूर्ण बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै करिब रु. ९२ अर्ब निक्षेप परिचालन गरी रु. ८५ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार