हुन्डाईको नयाँ वर्ष २०७८ योजना सार्वजनिक

हुन्डाईका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले आफ्नो नयाँ वर्ष योजना “यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं” सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ ।

यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट, स्क्रयाच कार्ड मार्फत रु.२० हजारदेखि ७८ हजारसम्मको अतिरिक्त छुट, रु.१५ हजार बराबरको लोयल्टी बोनस, रु. एक लाखसम्मको एक्सचेन्ज बोनस तथा १ वर्षको बीमा सुविधा प्राप्त गर्नु सक्नेछन् । हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ ।

लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार