प्रचण्डको पुनरावलोकन निवेदन प्रधानन्यायाधीशको बेञ्‍चमा

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहितको बेन्चले आज सुनुवाइ गर्ने भएको छ । प्रधानन्यायाधीश सहितको सो बेन्चमा न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना छन् ।

गत फागुन २३ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्दै पुरानै अवस्थामा फर्काउने फैसला गरेका थिए । सोही फैसलाविरुद्द नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार पुनरावलोकनको निवेदन दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार